newskoseli.Com

नयाँबानेश्वरको ‘संगम स्वीट्स’ मा सरकारको सिलबन्दी

राजधानीको नयाँ बानेश्वरस्थित ‘संगम स्वीट्स’ मा सरकारले मंगलबार सिलबन्दी गरेको छ । अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले मिठाई उत्पादन केन्द्र र बिक्री केन्द्र (पसल) दुवैमा सिलबन्दी गरेको हो ।

अनुगमन टोलीले बानेश्वरकै मिलनचोकमा रहेको सो मिठाई पसलको उत्पादन केन्द्र र नयाँबानेश्वर चोकस्थित बिक्री केन्द्रको अनुगमनका क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्रीहरुको परीक्षण गरे ।

परीक्षणका क्रममा ‘डेट एक्पाएर’ भैसकेको ७ वर्ष अघि उत्पादित पाउडर समेतको प्रयोग भएको पाइएकाले सो मिठाई पसल सिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिएका छन् । सो पसललाई खाद्य ऐन अन्तर्गत कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।

दसैं–तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन सरकारले काठमाडौंलगायत देशभरका मुख्य–मुख्य सहरमा अनुगमन तीव्र पारेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य वस्तु मिसाएको पाइएमा त्यस्ता वस्तु उत्पादन केन्द्रमाथि कडा कार्बाही हुने चेतावनी विभागका अनुसन्धान अधिकृत सुवेदीले दिएका छन् ।

अनुगमनका क्रममा विभागले उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गरिने प्रविधिमाथि कडा निगरानी राखेको छ । खाद्य स्वच्छता अभियानअन्तर्गत सरकारले बजार अनुगमन सुरु गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर