newskoseli.Com

चाडबाड नजिकिएसँगै लिखु तथा चम्पादेवीमा सडक मर्मतमा तीव्रता

हिन्दूहरुको महान् चाड विजयादशमी तथा दिपावली नजिकिँदै गर्दा जिल्लाका सबै स्थानीय तहहरुले गाउँपालिका तथा वडाका सडकहरुलाई मर्मत गर्ने कार्यलाई तीब्र बनाएका छन् । वर्षातको समयमा भल तथा बाढिले भत्काएका सडकहरुमा मर्मतको कार्य सुरु गरिएको हो ।

सडक मर्मत गरि गाउँपालिका मुकाम सम्म चल्ने यातायातको सवारी साधनलाई काठमाण्डौं देखी बिना अवरोध सुचारु गराउने उद्देश्यले लिखु गाउँपालिकामा सडक मर्मतको कार्यलाई तिब्रता दिईएको छ । गाउँपालिकामा भएको सडक मर्मतको प्रगती बुझ्न गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर पौडेल तथा उपाध्यक्ष शान्ता ढुंगेलले अनुगमन गर्नु भएको छ । सडक मर्मतको कार्य सम्पन्न भए सगै चाडै नै काठमाण्डौं देखी लिखु गाउँपालिकाको मुकाम यसम सम्म यातायातका साधन विना अबरोध सुचारु गर्ने तयारी भै रहेको छ ।

सडकलाई विना अबरोध सुचारु गर्न लिखु गाउँपालिकाका सबै वडाहरुमा सडक मर्मतको कार्य तिब्र रुपमा भैरहेको छ । महान् चाड दसैलाई लक्षित गरि आफ्नो वडाको मुख्य भाग हुदै गाउँपालिका कार्यालय यसम सम्म सवारी साधन विना रोकतोक सुचारु गराउने उद्देश्यले नर्मदेश्वरमा सडक मर्मतको कार्यलाई तिब्र बनाईको लिखु गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गोपाल कुमार खड्काले बताए ।

चाडपर्वको समयमा यात्रुहरुलाई सहज रुपमा आवत जावत गर्न सुविधा पुगोस तथा सामान ढुवानीमा सहज बनाउनका लागि भन्दै चम्पादेवी गाउँपािलकाको पनि सबै वडाहरुमा सडक मर्मतको कार्य गरिएको छ । सडक मर्मत पश्चात मंगलबार काठमाण्डौं देखी चम्पादेवी गाउँपालिकाको वडा नं. ८ सम्म अरनिको यातायातको गाडी पुगेको छ ।

चाडबाडको समयमा आफ्नै वडामा गाडी आईपुगेको खुशीयालीमा मंगलबार विलन्दु आई पुगेको अरनिको यातायातको गाडि तथा चालकलाई अविरजात्रा गरि सम्मान गरिएको छ । गाडी लिएर विलन्दु आइ पुगेको चालकलाई चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी, वडा नं. ८ का अध्यक्ष अजय लुईटेल वडा नं. ९का वडा अध्यक्ष झम्कहरि वडाल लगायतले अविरमाला लगाएर स्वागत गरेको थिए ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर