newskoseli.Com

चोरी गर्दागर्दै स्थानीयको पहलमा सामानसहित कर्‍याप्प

चाँगुनारायण नपा– ९, ताथलीका हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्ने एक जनालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका छन् ।

चारीको उक्त अभियोगमा चाँगुनारायण नगरपालिका– ८, सुडालका ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

पक्राउ परेका सुकमनीको साथबाट प्रहरीले ६५ हजार ४ सय रूपैयाँ, करिव ३ लाख रूपैयाँ मूल्यका सुनका ७ तोला गहना, आइप्याड र मोबाइल बरामद भएको जनाउँदै यसबारे थप अनुसन्धान गरी बिहीबार मुद्दा चलाइने उनले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर