newskoseli.Com

७० वर्षीय वृद्धमाथि ‘बोक्सो’ भन्दै दुर्व्यवहार : आरोप– ‘धानमा कीरा लागाइस् !’

धनगढी उपमहानगरपालिका– १६ का ७० वर्षीय जोखन डगोरा थारूलाई ‘बोक्सो’ को आरोप लगाई दुर्व्यवहार गरिएको छ ।

२ असोजमा सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले ‘जोखनका कारण खेतमा लगाएको धानमा कीरा लाग्यो’ भन्दै दुर्व्यवहार गरेको जोखनका छोरा पदमले बताए ।

‘बुबा (जोखन) खेतमा रहेको नालामा राँगालाई पानी खुवाउँदै थिए, भीख्खु त्यहीं पुगेर बुबालाई पटक–पटक पानीमा चोब्न थाल्यो,’ उनले भने– ‘त्यसपछि चौराहमै ल्याएर बुबालाई नांगेझार पारियो ।’

एउटै समाजमा बस्नुपर्छ भनेर सुरुमा पीडित परिवार चुपचाप बस्यो । तर, उनलाई जहाँ देख्यो, त्यहीं ‘बोक्सो’ भनेर मारिदिने धम्की दिन थालेपछि नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर उजुरी दिएको छोरा पदमले बताए ।

अहिले भीख्खु प्रहरी नियन्त्रणमा छन् । तर, राजनीतिक दलको दबाबमा छुटाउने प्रयास भइरहेको बताउँदै उनीमाथि कानुनबमोजिम सजाय हुनुपर्ने माग पदमले गरेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर