newskoseli.Com

असोज २४ देखि ‘रुट परमिट’ खुला : जुन सवारी साधन जता जान पनि पाउने !

यातायात व्यवस्था विभागले असोज २४ देखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ सम्मका लागि इजाजतपत्र खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज रुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । ‘दसैंको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुन्छ’– उनले भने ।

सो समयमा सामान बोकेर काठमाडौं भित्रने ठूला सवारी साधन सञ्चालनमा भने विभागले रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म नारायणघाटबाट काठमाडौं आउने सवारी साधनलाई रोक लगाइएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर