newskoseli.Com

सोलुमा कसरी मरे ताइवानी पर्यटक ?

फाइल तस्बिर

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिएका छन् ।

सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ ।

करिव ४५ वर्षीय च्याङ असोज १३ मा नेपाल हाइटिङ टिम कम्पनी काठमाडौंमार्फत घुम्न आएका थिए । इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनको शव परीक्षणका लागि काठमाडौं पठाइने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर