newskoseli.Com

के गर्दैछन् गोरखापत्र, रेडियो र टेलिभिजन ‘सुधार्ने’ समितिहरु ? (को–को छन् समितिमा ?)

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गठन गरेका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई ‘सुधार’ गरी ‘प्रभावकारी’ बनाउन गठन गरिएका दुई वटा समितिले के गरिरहेका छन् ?

मूलतः सरकारी मुखपत्रको काम गर्दै आएका सरकारी स्वामित्वका आमसञ्चार माध्यमहरु सञ्चालन गरिरहेका संस्थानहरु गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी प्रभावकारी बनाउन भन्दै मन्त्री बास्कोटाले जेठमा ती समिति गठन गरेका थिए ।

गोरखापत्र संस्थानको अध्ययन एवं छानबिनन गर्न भन्दै बनाइएको समितिको संयोजक विष्णु रिजाल छन् भने सदस्यहरुमा सुवास देवकोटा, बासुदेव अधिकारी, टप्काराम राई, डोलप्रसाद दाहाल र मन्त्रालयकी उपसचिव संगीता ‌ओझा छन् । समितिको कार्यावधि काम सुरु भएको मितिले १ महिना भनिएको थियो ।

त्यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टीगत सुधार गर्न गठित समितिको संयोजकत्वमा रघु मैनाली रहेका छन् भने सदस्यहरूमा तपनाथ शुक्ल, यादव चापागाईं र धरणीधर अधिकारी छन् । यो समितिको कार्यावधि १ महिना १५ दिन तोकिएको छ ।

तर, हालसम्म यी दुवै समितिले ती संस्थान र सञ्चार माध्यमहरूको ‘सुधार’ र ‘प्रभावकारिता अभिवृद्धि’ का पक्षमा सिन्कोसम्म पनि नभाँचेको जानकारहरूको भनाइ छ । बरू तिनले प्रकाशन–प्रशारण गर्ने समाचार, समाचारमूलक सामग्री र विचारमा ‘सत्तापक्षीय ओरियन्टेसन’ मजबुत गराउन मात्र धेरथोर भूमिका खेलेको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर