newskoseli.Com

हामफालेर भाग्न खोज्दा २ जुवाडेको मृत्यु : जुवा खेल्दै गरेको ठाउँमा प्रहरीको छापा

जुवा खेल्दै गरेको ठाउँमा छापा मार्न प्रहरी पुगेपछि भागाभाग हुँदा राजधानीको मूलपानीमा २ जनाको मृत्यु भएको छ ।

७ तला अग्लो घरको तेस्रो तलाबाट हामफालेर भाग्ने प्रयास गर्दा २ जनाको ज्यान गएको हो । हामफालेर भाग्ने क्रममा सरोज घले र सोमलाल तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् ।

घटनास्थलबाट ८ वटा मोटरसाइकल र एउटा गाडी समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर