newskoseli.Com

प्रज्ञाको कुलपतिमा दोहोरिए उप्रेती, सदस्य–सचिवमा उपाध्याय

नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपति पदमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार सो पदमा नियुक्त गरेका हुन् ।

यसअघि पनि उप्रेती प्रतिष्ठानका कुलपति नै थिए भने त्यस अघिको कार्यकालमा उपकुलपति थिए । प्रतिष्ठानको रिक्त सदस्य सचिव पदमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिसमा उनीहरुको नियुक्ति भएको हो । उनीहरुको आइतबारै शपथग्रहण हुने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट औपचारिक पत्र आइनसके तापनि नियुक्तिको प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । अन्य प्राज्ञपरिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा प्रतिष्ठानमा भदौ १९ देखि पदाधिकारी रिक्त भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर