newskoseli.Com

कारागारभित्रै ‘पानी सर्केर’ कैदीको मृत्यु !

फाइल तस्बिर

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको कारागारभित्रै ‘पानी सर्केर’ कैदीको मृत्यु मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविक वनकट्टी गाविस– ९ का ३९ वर्षीय सुशील श्रेष्ठको आइतबार मृत्यु भएको हो ।

पानी खाने बेलामा सर्केर कारागारभित्रै ढलेका श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिएका छन् ।

२०६९ चैत १२ मा कैद परेका श्रेष्ठलाई २०७३ माघ १३ मा रुपन्देहीबाट रामेछाप कारागारमा सारिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर