newskoseli.Com

सीके राउत पक्राउ : ‘छुट्टै देश’ मागेकाले राज्यविरूद्धको अपराधमा मुद्दा चलाइने

मधेशलाई ‘छुट्टै राज्य’ बनाउने अभिव्यक्ति दिँदै आएका डा. सीके राउत आइतबार अपराह्न गौरमा पक्राउ परेका छन् ।

‘स्वतन्त्र मधेश’ को वकालत गर्दै आएका डा. राउतलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला अदालत रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्कंदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले दिएका छन् ।

डा. राउत करिव १ सय समर्थकसहित अदालतमा उपस्थित भएका थिए । उनलाई राज्यविरूद्धको अपराधमा मुद्दा चलाइने बताइएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर