newskoseli.Com

आयोगले सरकारलाई पठायो ८ बुँदे पत्र

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठबुँदे निर्देशनपत्र पठाएको छ ।

साउन १० मा कञ्चनपुर जिल्लाको उल्टाखाममा भएको १३ वर्षीया बालिकाको बलात्कारपश्चातको हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारबाही गर्न र पीडितलाई न्याय दिन आइतबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आठबुँदे निर्देशनपत्र पठाएको आयोगकी प्रवक्ता मोहना अन्सारीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोली समेतले अनुगमन–अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदनउपर आयोगमा छलफल हुँदा उक्त घटनाका सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम यथाशिघ्र कारबाही गर्न सरकारलाई सो पत्राचार गरेको आयोगले जनाएको छ ।

बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयतालगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।

नेपालको संविधानले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक र अपराधपीडितलाई क्षतिपूर्तिको न्याय पाउने हकको व्यवस्था गरेअनुरुप वास्तविक दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको न्याय पाउने हक शिघ्र सुनिश्चित गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर