newskoseli.Com

५९ दरबन्दी, जम्मा ९ कर्मचारी !

माई नगरपालिकामा कर्मचारीको अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एकतिहार्इ मात्र कर्मचारी कार्यरत रहँदा कार्यालय समयमा काम नहुने र पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ ।

कर्मचारीकै अभावका कारण पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दैछन् । नगरप्रमुख दीपककुमार थेवेका अनुसार नगरका ३ वटा वडामा सबओभरसियरले काम गरेका छन् । नगरका अरू वडामा समेत वडासचिव नहुँदा कतै एउटै कर्मचारीले धेरैतिर सम्हाल्नुपर्ने छ भने कतै महिला विकासका कर्मचारीले वडासचिवको काम गर्नुपर्ने स्थिति छन् ।

‘कर्मचारीको एकदमै अभाव भएपछि एउटै कर्मचारीले ३ तिर काम गर्दै हुनुहुन्छ । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकै जना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ,’ नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमालले भनिन्– ‘नगरपालिकासित कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन, धेरैतिर कर्मचारी माग पनि गर्‍यौं तर कतैबाट पहल भएन ।’

रिमालका अनुसार कार्यालयमा दरबन्दीभन्दा एक चौथार्इ मात्र स्थायी दरबन्दीका कर्मचारी छन् । नगरपालिकामै पनि ५९ जनाको दरबन्दीमा ९ जना मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । उनका अनुसार कार्यालयको प्रशासनमा १, महिला ४ र लेखा कार्यालयमा २ जना मात्र कर्मचारी छन् । नगरपालिकामा २ अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।

नगरप्रमुख थेवेका अनुसार प्रमुख प्रशासकीय अधिकृत समेत नहुँदा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय कर्मचारीको कार्यभार सम्हाल्नु परेको छ । नगरपालिकाको आर्थिक, प्रशासनिक, योजना सञ्चालन र सेवा प्रवाहमा समेत समस्या भएको थेवेले बताए । ‘हामीले केही समयअघि मात्र ११ कार्यालय सहयोगी नियुक्त गरेका छौं,’ उनले भने– ‘त्योभन्दा बढी चाहिँ कर्मचारी थप्ने स्रोत छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर