सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक र एक प्रहरी जवान पक्राउ परेका छन् ।
१५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आइतबार सालकोट प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । पक्राउ परेका दुवै प्रहरीमाथि विस्तृत अनुसन्धान भइरहेको अख्तियार सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले बताएको राससले जनाएको छ ।