newskoseli.Com

कात्तिक १६ मा कांग्रेसको चियापान

नेपाली कांग्रेसले बडादसैं, दीपावली, नेपाल सम्बत्, छठलगायतका चाडपर्वको अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ ।

कांग्रेसले कात्तिक ७ (कोजाग्रत पूर्णिमा) का दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ मा (शुक्रबार) गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकका कारण चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।

पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलि बाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । नेता बाँस्तोलाको असोज २७ मा निधन भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर