newskoseli.Com

१ लाख १५ हजारसहित १० जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार मध्यराति १ लाख १५ हजार रुपैयाँ नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तका प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

१६ थान कौडासहित पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका– ५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानसहित कानुनी कारबाही गरिने जानकारी गिरीले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर