newskoseli.Com

रापेछापमा बस दुर्घटना : १ को मृत्यु, २९ घाइते, १२ को अवस्था गम्भीर

काठमाडौंबाट गाल्बातर्फ जाँदै गरेको बस खाँडादेवी– ३, भीरपानीको सार्कीपँधेरो भन्ने ठाउँमा मंगलबार दुर्घटना हुँदा १ बालिकाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका छन् ।

दसैं मान्न गाउँ फर्कंदै गरेका यात्रुले भरिएको बा ३ ख ४६७५ नम्बरको बस अपराह्न ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करिव ५० मिटर तल खसेको छ ।

घाइतेहरूको सुनकोशी गाउँपालिका (सिन्धुली) स्थित भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । विपरीत दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको आशङ्का प्रहरीले गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर