newskoseli.Com

अमेरिकामा सुतेकै ठाउँमा नेपाली शिक्षाविदको निधन !

नेपालका एक शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’ का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।

एक कार्यक्रमका लागि अमेरिका पुगेका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ । काठमाडौं विश्वविद्यालय (केयु) बाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल केयुमा अध्यापन समेत गर्दै थिए ।

मंगलबार परिवारलाई भेट्न पुगेर फर्केका केयुको शिक्षा सङ्कायका डिन डा. महेशनाथ पराजुलीले दाहालको निधनको कारणबारे अमेरिकामै अध्ययन भइरहेको जानकारी दिएका छन् । रामेछापको साँघुटारमा जन्मेका दाहालले यसअघि नेपालका लागि रयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरिसकेका छन् ।

राति होटलमा सुतेको अवस्थामा निधन भएको र नाकबाट रगत बगेको पाइएपछि दाहाललाई हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ । उनका श्रीमती र तीन छोरा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर