newskoseli.Com

माछा मार्न जाँदा डुबेर ७२ वर्षीय राईको मृत्यु

सूर्योदय नगरपालिका– १ स्थित जोगमाई खोलामा माछा मार्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो माछा मार्न खोलातिर हिँडेका ७२ वर्षीय राई घर नफर्किएपछि परिवारजनले रातिदेखि नै खोजी सुरु गरेका थिए । रातको समयमा खोज्दा कतै नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । आफन्त र प्रहरीको टोलीले बुधबार बिहानदेखि खोजी गर्दा सूर्योदय नगरपालिका– १ स्थित जोगमाई खोलामा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताए ।

दैनिकजसो माछा मार्न खोलामा जाने राई माछा मार्ने क्रममा खोलामा चिप्लिएर लडेपछि डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । खोलामा मृतक राईको टोपी र माछाको जाल फेला परेको प्रहरीले जनाएको छ । मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाममा लगिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर