newskoseli.Com

आगलागी नियन्त्रण गर्न १ लाख लिटरको पानीट्याङ्की…

प्रमुख व्यापारिक केन्द्रमध्येको एक दिक्तेल बजारमा आगलागी नियन्त्रण गर्न १ लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २५ लाख ८७ हजार ५ सय रुपैयाँ लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर्माण गरिएको हो । बजार क्षेत्रको पुरानो तथा विभिन्न जातजातिको मृत्यु संस्कारमा उपयोग हुँदै आएको मूल धारालाई स्तरोन्नति गर्दै आधुनिक धाराका रुपमा विकास गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए ।

‘उक्त ट्याङ्कीमा सङ्कलन भएको पानी तत्काल उपलब्ध गराउन सकिन्छ,’ उनले भने– ‘नगर क्षेत्रभित्र हुन सक्ने आगलागीका घटनालाई तत्काल नियन्त्रण गर्न पानी सञ्चित केन्द्र निर्माण गरिएको हो ।’ नवनिर्मित धाराको माथिल्लो भागमा किरियापुत्री बस्ने व्यवस्थित संरचना एवं स्नानस्थल, पानी तताउने ग्यास गिजर समेतको सुविधा मिलाइएको छ ।

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको मूल धारालाई पछिल्लो समय सुविधायुक्त बनाइएपछि स्थानीय उपभोक्ता हर्षित भएको निर्माण उपभोक्ता समितिका सचिव दधिराम श्रेष्ठले बताए । पानी सञ्चित नहुँदा यसअघि दिक्तेलस्थित रत्नपार्कमा भएको आगलागीमा ठूलो क्षति भएको थियो । नगरपालिकामा दमकल भए पनि सञ्चित पानी नहुँदा बजारमा विस्तार गरिएको पाइप काटेर पानी प्रयोग गरी आगलागी नियन्त्रण गरिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर