newskoseli.Com

दसैंमा २० परिवारको सामूहिक भोज : हुनेखाने–हुँदाखानेबीच भिन्नता अन्त्यको प्रयास !

दसैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका– १, जलुकेनी, अर्खलापाटाका २० परिवारले एकै ठाउँमा खसी काटेर सामूहिक दसैंभोज गरेका छन् ।

‘सबैको घरमा खसी काटेर दसैं मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेका बीचको दसैं फरक हुने भएकाले यसको अन्त्यका लागि सामूहिक भोजको आयोजना गरिएको हो’– २० परिवारका लागि एकै ठाउँमा सामूहिक भोजको आयोजना गरेका आयोजक युवाहरुले भने ।

गाउँका सबैलाई दसैंको महशुस गराउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । २० परिवारका लागि एउटा खसी काटेर सबै सदस्यलाई खानपिनको व्यवस्था मिलाएको छ । ‘पछिल्लो समय दसैंका नाममा अत्यधिक खर्च गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ,’ जैमिनी– १, अर्खलापाटाका रविन्द्र शर्माले भने– ‘दसैंलाई सबैको साझा र उल्लासमय पर्वका रुपमा विकास गर्नका लागि सामूहिक भोजको आयोजना गरीएको हो ।’

सबैलाई पायक पर्ने बारीको पाटामा सेलरोटी पकाएर, खसीको मासुसँग सबैलाई भोजन गराएर शुभकामना आदानप्रदान गरी मनाइएको सामूहिक भोजमा वृद्धवृद्धादेखि बालबालिकासम्म सहभागी थिए ।

‘कोही कामको खोजीमा विदेशिएका छन् त कोही स्वदेशका विभिन्न ठाउँमा पुगेका छन् भने कोही गाउँघरमा नै खेतीकिसानी गरेर बसेका छन्,’ अर्खलापाटकै पवन आचार्यले भने– ‘एकै गाउँका दाजुभाइको बीचमा चिनजान समेत नहुने वातावरण बन्दै गएका बेला सामूहिक भोज गर्दा चिनजान गर्ने अवसर पनि पाइएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर