newskoseli.Com

नवमी मनाउँदा ‘छेलो’ ले लागेर २ घाइते, हेलिकप्टरबाट उद्धार

धवलागिरी गाउँपालिका– ७ स्थित ताकमकोतमा बिहीबार ‘छेलो’ ले लागेर दुई जना दर्शक घाइते भएका छन् ।

महानवमी पर्वको अवसरमा आयोजना गरिने परम्परागत ‘छेलो हान्ने’ प्रतियोगिता हेर्न गएका धवलागिरी– ७, हिलापोखरीका १५ वर्षीय सविन परियार र रघुगंगा गाउँपालिका– २ का २६ वर्षीय सुरेश परियार घाइते भएका हुन् । धवलागिरी गाउँपालिका– ३, मुनाका तोरण केसीले फालेको ‘छेलो’ ले लागेर सुरेशको कुम र सविनको टाउकामा चोट लागी घाइते भएको ताकम चौकीका प्रहरी सहायक निरीक्षक मंगलबहादुर नेपालीले बताए ।

पूजा व्यवस्थापन समितिको पहलमा दर्शकबाट पैसा संकलन गरेर सविनलाई उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको र सुरेशको ताकम स्वास्थ्य चौकीमा उपचार गराइएको जानकारी प्रसनि नेपालीले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर