newskoseli.Com

१७ वर्षेले खुकुरी हान्दा २७ वर्षे युवक ठहरै

मोरङको पथरीशनिश्चरे– ८ स्थित शुक्रबारेमा शुक्रबार राति खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

१७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर राति १० बजे खुकुरी प्रहार गरी सोही ठाउँका २७ वर्षीय विजय खड्काको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको जानकारी पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले दिए ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि उर्लाबारी– ३ स्थित मङ्गलबारे अस्पतालमा राखिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर