newskoseli.Com

भादगाउँमा परम्परागत खड्गजात्रा र सेतो घोडेजात्रा…

बडादसैंको मुख्य दिन विजयादशमीको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग जात्रा) सम्पन्न भयो ।

तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ । बडादसैंको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र–अस्त्रसहित तलेजुको प्रतीरुप पायःद्यो तलेजुका मूल आचाजुले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

त्यसैगरी, सांस्कृतिक महोत्सवका रूपमा बडादसैंको मध्यरातमा भादगाउँमा सेतो घोडेजात्रा पनि सम्पन्न गरियो । प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडेजात्रा आयोजना गरिन्छ । ।

जात्रा हुनुअघि एउटा भेंडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने जानकारी पुजारी नरेन्द्र जोशीले जानकारी दिए । जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीन पटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीको बाहनका रुपमा पुजिँदै आएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर