newskoseli.Com

रामेछापमा जिप दुर्घटना : ३ को मृत्यु, ८ घाइते

शनिबार साँझ रामेछाप नगरपालिका– १, गोगनेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको सिनामंगलस्थित काठमाडौं मैडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका– १, गोठगाँउका ४५ वर्षीय दुर्गाबहादुर कार्की र सोही स्थानकी ७५ वर्षीया ललीमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँका २६ वर्षीय जिप चालक हेमबहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा शनिबार राति साढे १ बजे खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शनिबार साँझ पौने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट करिव २ सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर