newskoseli.Com

नवलपरासीमा बस दुर्घटना : ५ को मृत्यु, ५० भन्दा बढी घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका– ११, अरुणखोलामा आइतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने कम्तिमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस ५ बजे आफैं अनियन्त्रित भई सडकबाट करिव ३५ मिटर तल खस्दा बसमा सवार ५ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए । दुर्घटनामा परी घाइते भएका ४२ जनाको भरतपुरमा र ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर