newskoseli.Com

एसपी विष्टलाई निष्कासन गर्न हेडक्वार्टरको सिफारिस : गृह मन्त्रालयले निर्णय लिँदै

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई प्रहरी सेवाबाटै निष्कासनको सिफारिस गरेको छ ।

प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले असोज २९ मा गृह मन्त्रालयसमक्ष पत्राचार गरेको जानकारी प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले दिएका छन् ।

गृह मन्त्रालयले उक्त सिफारिसउपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता क्षेत्रीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर