newskoseli.Com

दुई छोराको हत्या गरी बाबुले गरे आत्महत्या !

बाराको जितपुर सिमरा उपमहानगरपालिका– ४, औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

रामले आफ्ना ५ वर्षीय छोरा सुबिन राम र ३ वर्षीय छोरा विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनै जनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताएका छन् ।

मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको जानकारी हमालले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर