newskoseli.Com

रहेनन् साहित्यकार एवं पत्रकार हुमागाईं

वरिष्ठ पत्रकार एवं साहित्यकार रामचन्द्र हुमागाईंको आइतबार ६५ वर्षको उमेरमा निधन भएको छ । कलेजोको रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका हुमागाईं ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक हुन् ।

दिउँसो ३ः५० मा ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा उनको निधन भएको हो । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को काठमाडौं जिल्ला सदस्य समेत रहेका पत्रकार हुमागाईंको आइतबारै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

हुमागाईंप्रति श्रद्धाञ्जलिका लागि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ, केन्द्रीय सदस्य शारदा महत, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा. ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुगे । हुमागाईंको एक छोरा र एक छोरी छन् ।

‘वर्गदृष्टि’ साप्ताहिकका स्तम्भकार रहेका हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौं जिल्ला संयोजक समेत थिए । महासङ्घका अध्यक्ष इन्द्र राउतले शोक विज्ञप्ति जारी गरी हुमागाईंको निधनबाट सङ्गठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीले पनि हुमागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर