
वर्तमान सरकार दुईतिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार स्वयं नै गम्भीर बन्नुपर्ने सुझाव नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले दिएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका पक्षमा तल्लीन भएर काम गर्न सरकारलाई सुझाव दिएका हुन् । कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीतिक रणनीति तय गर्ने समेत उनले बताए ।
निधिले आफ्नो पुरानै अभिव्यक्ति फेरि दोहोर्याए– ‘नेपाली कांग्रेस पार्टीमा कुनै पनि गुट–उपगुट छैनन् ।’