newskoseli.Com

भारतीय मोटरसाइकलसहित अढार्इ लाखको कपडा सशस्त्रद्वारा कर्‍याप्प

रौतहट, बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करिव २ लाख ५० हजार रूपैयाँ मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा सोमबार बिहान रौतहट सशस्त्र प्रहरी सरमुज्वाले बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुवास भट्टराईको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले रौतहटको मौलापुर नगरपालिका वडा नं. ८, सगैया पिपरिया टोलबाट भारतीय मोटरसाइकलसहित बरामद गरेको कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको निरीक्षक भट्टराईले बताए ।

चाडपर्वको मौका छोपी बारा, पर्सा, रौतहटलगायतका जिल्लामा तस्करी फस्टाएको छ । सीमापारिबाट भारतीय मालसामान रौतहटका बेलबिछवा, गौर भन्सार, महादेवपट्टि, बञ्जरहा, औरैया र रामपुरखाप, बाराका कचोर्वा, सिम्रौनगढ खजानी, बेलदारी, कवहीगोढ, मटीअर्वा र मुसहरवा तथा पर्साका इनार्वा, अयैब, भिखम्पुर, सिमरा, सुख्खा बन्दरगाहलगायत नाकाबाट तस्करी गरेर नेपाल भित्र्याउन थालिएपछि नियन्त्रण गर्न निर्देशन दिइएको जानकारी मध्यक्षेत्रीय प्रहरी कार्यालय बर्दिबासका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर