newskoseli.Com

अनिष्टकारी दुर्घटनाबाट जोगियो हेलिकप्टर !

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउन्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए ।

काठमाडौंबाट लुक्ला आएको अर्को हेलिकप्टरका कारण उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । सोमबार बिहान ११ः४५ को समयमा अवतरण गरिएको हेलिकप्टर नजिकै अर्को हेलिकप्टर समेत अवतरण गराउने क्रममा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

अवतरण गरी राखिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको उक्त हेलिकप्टरलाई काठमाडौंबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौं लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर