newskoseli.Com

मन्त्री अर्याललाई मातृशोक

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।

मन्त्री अर्यालकी आमा तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेकी अर्याललाई दसैंमा घर ल्याइएको थियो ।

दिवंगत तारादेवीका ४ छोरा र ४ छोरी छन् । अर्यालको मंगलबार रामनदीधाम राम्दीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर