newskoseli.Com

सरकारलाई देउवाको चुनौती : प्रहरी बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔं !

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्न नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई चुनौती दिएका छन् ।

नेपाल तरुणदल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले २ प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी दिएका हुन् ।

‘हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महिनौंसम्म पत्ता नलाग्नु कानुनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्,’ उनले भने– ‘बलात्कार र हत्यामा संलग्न जोसुकै भए पनि दोषीलाई कारबाही होस् ।”

आफ्नो संगठन लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, स्थिरता र विकासका लागि लागिपर्ने दलका अध्यक्ष जीतजङ्ग बस्नेतले बताए । २००७ मा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवासमूहलार्इ संठित गर्ने क्रममा वि.सं. २०१० कात्तिक १० मा तरुण दलको स्थापना भएको हो ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले तरुणदलको स्थापना गरेका हुन् । तत्कालीन प्रधानमन्त्री कोइराला वि.सं. २०१७ पुस १ मा तरुणदलकै कार्यक्रममा व्यस्त रहेका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका आडमा ‘कु’ गरी कोइरालालाई पक्राउ गरेर निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर