newskoseli.Com

६ कम्पनीका ९७११७२२ कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत

धितोपत्र बजारमा यो साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७ सय २२ कित्ता शेयर सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभांश र हकप्रद शेयरहरू बजारमा सूचीकृत भएका हुन् ।

स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९ सय २२ कित्ता लाभांश शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४–७५ को मुनाफाका आधारमा सो बैंकले शेयरधनीलाई लाभांश शेयर दिएको हो ।

यसैगरी, प्रभु इन्स्योरेन्स कम्पनीका ३१ लाख ६६ हजार ६ सय ७७ कित्ता हकप्रद सेयर पनि सूचीकृत भएका छन् । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाका ८ हजार ४ सय ४० कित्ता हकप्रद शेयर समेत यसै साता सूचीकृत भएका छन् ।

अर्को इन्स्योरेन्स कम्पनी सूर्या लाइफले पनि १२ लाख १२ हजार ७ सय ५० कित्ता लाभांश शेयर सूचीकृत गराएको छ । त्यस्तै, पोखरा फाइनान्सका ६ लाख २२ हजार ९ सय ३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै २ लाख ५० हजार कित्ता लाभांश शेयर सूचीकृत भएका छन् ।

कात्तिक ४ मा १ हजार २ सय ४६ दशमलव ५२ विन्दुमा रहेको कारोबार मापक नेप्से परिसूचक कारोबारको अन्तिम दिन कात्तिक ८ मा १ हजार २ सय ४१ दशमलव ११ विन्दुमा पुगेको छ । साताको पहिलो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ सय ६५ दशमलव २८ विन्दुमा रहेकामा त्यो घटेर अन्तिम दिन २ सय ६४ दशमलव शून्य १ विन्दुमा पुगेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर