भीमदत्त नगरपालिका– २, भाँसीकी मञ्जु बडालले आफ्नै श्रीमानविरुद्ध ‘जबर्जस्ती करणी’ को मुद्दा प्रहरीमा दर्ता गराएकी छन् ।
श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै उनले मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएका छन् । ‘मुद्दा दर्ता गरी अदालतबाट ५ दिनको म्याद थप गरेका छौं’– उनले भने । सोमबार मुद्दा दर्ता गरिएपछि डम्बरलाई प्रहरीले पक्राउ गरेको छ ।
मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको उनको भनाइ छ । अपराध संहिताको परिच्छेद– १८ मा करणीसम्बन्धी कसुरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे ५ वर्ष कारागार सजायको व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी प्रहरी नायब उपरीक्षक ओझाले दिएको राससले जनाएको छ ।