newskoseli.Com

नेकपा र कांग्रेस कार्यकर्ताबीच भिडन्त : गोली लागेर १ को मृत्यु, ४ घाइते

रामनगर– ४, सर्लाहीकोमा सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तका क्रममा गोली चल्दा कांग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ ।

प्रदेश– २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले दिएको जानकारी अनुसार ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ भने अरु ४ जना गोलीको छर्रा लागेर घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताएका छन् ।

नागरिकता बनाउन भन्दै सोमबार सिफारिस लिन गएको नेकपाको एक समूहसँग कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोको विवाद भएको थियो । विवादकै बीच उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवाद बढ्दै जाँदा मंगलबार बिहान नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

झडपकै क्रममा अज्ञात व्यक्तिले चलाएको भरुवा बन्दुकको गोलीबाट रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तैदेखि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । सोमबार दिउँसोसम्म त्यहाँ दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । गोली कसले चलायो भन्ने अहिलेसम्म पहिचान भएको छैन । हत्यारालाई पक्राउ नगरी शव उठाउन नदिने भन्दै मृतकको शव उठाउन दिइएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर