newskoseli.Com

सासू–बुहारी बेपत्ता, बुहारी मृत फेला, सासूको अत्तोपत्तो छैन

बैतडीमा सासू–बुहारी बेपत्ता भएकामा बिहीबार बुहारी मृत अवस्थामा फेला परेकी छन् । सासू भने अझै बेपत्ता नै रहेकी छन् ।

दोगडाकेदार गाउँपालिका– ४, श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिएका छन् । उनकी सासू सासू ५२ वर्षीया पार्वती भट्ट बेपत्ता रहेकी छन् । घाँस काट्न जाने भन्दै बुधबार घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी गर्न जाँदा सासू पार्वती समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रातिसम्म पनि दुवै जना घर नफर्किएपछि घरपरिवारका अरू सदस्यले खोजतलास गर्दा बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा निर्मला मृत फेला परेकी हुन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको राससले जनएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर