newskoseli.Com

जापान जान चाहनुहुन्छ ? अब जतिबेला पनि अनलाइनबाटै परीक्षा दिन पाइन्छ !

जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जापानको ‘प्राक्टिकल जापानिज कम्युनिकेसन (पीजेसी) ’ ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाइने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रा.लि. का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले दिए ।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि ३ महिना पर्खनु पर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । त्यसको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआए एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था गरिएको छ ।

जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पीजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थी बाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क ३ हजार ५ सय रूपैयाँ लाग्छ । यो परीक्षा अनलाइनबाट जति बेला पनि दिन पाइने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर