newskoseli.Com

नयाँ एेनसँगै यसरी बढे सम्बन्ध–विच्छेदका मुद्दा ?

भदौ १ देखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्ध–विच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करिव ३ महिनाको अवधिमा ३७ सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए ।

भदौ १ देखि पुरुषले समेत सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधान सहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्धामा पुरुषभन्दा महिलाको सङ्ख्या दोब्बर बढि छ । स्रेस्तेदार शर्माका अनुसार २६ महिला र ११ पुरुषले सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गराएका छन्, जसमा १४ महिलाले दर्ता गरेको मुद्दामा मिलापत्र गरिएको छ । पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको छ ।

सम्बन्ध–विच्छेदका लागि मुद्धा लिएर आनेहरूमध्ये विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगारी, हतारको निर्णय, प्रेमविवाह र नयाँ पुस्तामा बढ्दो स्वतन्त्र रूपमा रहने चाहना आदि नै सम्बन्ध–विच्छेदका प्रमुख कारण रहेको अदालतका स्रेस्तेदार शर्माले बताए । गत आ.व. मा १ सय ५१ सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएका थिए, तीमध्ये १ सय ३३ मुद्दा फछ्र्यौट भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर