newskoseli.Com

वरिष्ठ वामनेता पद्मरत्न तुलाधरको निधन

 

वरिष्ठ वामपन्थी नेता, मानवअधिकारवादी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आइतबार दिउँसो निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा तुलाधरको निधन भएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि तुलाधरलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट नर्भिक अस्पताल लगिएका तुलाधरको त्यहीं निधन भएको हो ।

तुलाधरलाई मस्तिष्काघात भएको चिकित्सकहरुले जनाएका छन् । ७८ वर्षका तुलाधरलाई मस्तिष्काघात भएर अस्पताल भर्ना भएपछि छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको पारिवारिक सदस्यले जानकारी दिएका छन् ।

नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका छन् । उनी पत्रकार तथा साहित्यकार समेत थिए ।

तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सोमबार शोभाभगवतीमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर