newskoseli.Com

गुन्डा नाइके समिरमानकी श्रीमती पक्राउ, उनी थिइन् ‘पेस्तोलकी सप्लायर्स’ !

गुन्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

नेपाल निर्माण व्यावसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका लागि हतियार (पेस्तोल) सप्लाईमा शेरचनको संलग्नता रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । गतवर्ष कात्तिक ११ मा गौचनको हत्यामा संलग्नमध्ये लोप्साङ भन्ने सोम तामाङ, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई अपराध महाशाखाको टोलीले काँकडभित्ताबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुले शुक्रबार अदालतमा बयान दिने क्रममा दिएको बयानका आधारमा समिरमानसिंह बस्नेतकी श्रीमती माया शेरचनलाई महाशाखाको टोलीले पक्राउ गरेको हो । अभियुक्तहरु सोम तामाङ, अम्बरबहादुर राना र रोशन बुढोथोकीले माया शेरचनबाट हतियार लिई गौचनको हत्या गरेको बयान दिएका थिए । सोही बयानका आधारमा मायालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गुन्डा नाइकेका रुपमा कहलिएका समिरमानसिंह बस्नेतलाई प्रहरीले खोजी सूचीमा राखेपछि पेस्तोललगायतका हतियार, बन्दोबस्तीका सामग्री र व्यवस्थापन समिरमानकी श्रीमती मायाले गर्दै आएको दाबी प्रहरीले गरेको छ । आपराधिक घटनामा संलग्नहरुलाई हातहतियार बेचबिखनमा समेत माया संलग्न रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर