newskoseli.Com

नेकपा प्रदेश– ३ : मंसिर १५ भित्र एकीकरण !

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नंं. ३ ले पार्टीको निर्देशन अनुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।

प्रदेश नं. ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशन अनुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको एकता प्रक्रिया थालिएको जानकारी दिएका छन् । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिइसकेको छ । नगर–गाउँमा सङ्गठन कमिटी गठन गरिएको छ ।

प्रदेशअन्तर्गतका अन्य जिल्लामा रहेका स्थानीय तहको एकतालाई समेत मंसिर १५ भित्र सक्ने गरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिइएको जानकारी सचिव पोखरेलले दिए । प्रदेश नं. ३ मा १३ जिल्ला कमिटी र ४ विशेष कमिटी छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोज ५ मा विशेष परिपत्र जारी गर्दै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयनको जानकारी गराएका थिए । सोही परिपत्रमा पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिसका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्ने जिम्मा प्रदेश नेतृत्वलाई दिएका थिए ।

परिपत्र अनुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम भइरहेको सचिव पोखरेलले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर