newskoseli.Com

चुनाव त हारें, बाचा चाहिँ पूरा गर्छु : कांग्रेस नेता कान्छाराम

नेपाली कांग्रेसका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ (कान्छाराम) ले चुनाव जित्न नसके तापनि आफूले त्यसबेला बोलेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

रामेछाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका तामाङले जनताको घरमा जाँदा आफूले बोलेका प्रत्येक कुरा अहिले पनि सम्झिरहेको भन्दै ती बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल तरुण दल लिखु तामाकोशी गाउँपालिका कार्यसमितिले सोमबारदेखि तिल्पङको कटहरेमा सुरु गरेको खुला पुरुष भलिबलको उदघाटन सत्रमा बोल्दै तामाङले यस्तो बताएका हुन् ।

उनले भने– ‘चुनावताका जिल्लाका विभिन्न ग्रामीण ठाउँहरुमा पुग्दा त्यहाँका धेरै मानिस बिरामी भएको देखें, मलाई लाग्यो– यहाँका नागरिक कसरी अस्पताल पुग्छन् ? त्यही सोचेर बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स दिन्छु भनें अनि ग्रामीण भेगलाई मध्यनजर गरी वितरण गरें ।’ उनले थपे– ‘अझै पनि गाउँमा धेरै मानिसहरु अपर्झट बिरामी हुँदा फोन गर्छन्, हेलिकप्टर लिएर गाउँमै जान्छु, उद्धार गरेर अस्पतालसम्म पुर्‍याउँछु ।’

चुनावको बेला आफूले खिम्तीमा सडक खन्ने आश्वासन त्यहाँका नागरिकलाई दिएको भन्दै त्यो बाचा छिट्टै पूरा गर्ने प्रतिबद्धता समेत उनले जनाए । चुनावमा पराजित भए पनि तामाङले व्यक्तिगत खर्चमा मन्थली नगरपालिकाभित्र चल्ने गरी ६ वटा एम्बुलेन्स वितरण गरिसकेका छन् । अपर्झट दुर्घटनामा परी घाइते तथा बिरामी हुने नागरिकहरुलाई हेलिकप्टरबाट उद्धार गरी अस्पतालसम्म पुर्‍याएर पनि उनले नागरिकहरुलाई गुण लगाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर