newskoseli.Com

दीपावली गर्दा आगलागी, ४ लाखको क्षति

कपिलवस्तु शुद्धोधन गाउँपालिका– ३, लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मीपूजाका लागि दीपावली गर्दा आगलागी भएको छ ।

आगलागीबाट करिव ४ लाख १५ हजार रूपैयाँ बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ ।

प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । आगलागीबाट कलवारको घरको सटर कोठामा रहेका दुई वटा मोटरसाइकललगायत अन्य मालसामान जलेर नष्ट भएको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर