newskoseli.Com

भाइटीकाकै दिन भेटियो बेवारिसे शव

फाइल तस्बिर

सर्लाहीको सदरमुकाम मलङ्गवामा शुक्रबार (भाइटीकाकै दिन) एक अज्ञात पुरुषको बेवारिसे शव फेला परेको छ ।

मलङ्गवा– ९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर