newskoseli.Com

सभामुख महराले २३ वर्षपछि लगाए आफ्नै जन्मघरमा टीका

सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाए ।

रोल्पा नगरपालिका– १, मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट तिहारको टीका लगाएका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ मा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि यसपालि मात्रै पहिलो पटक आफ्नै घरमा टीका लगाएका हुन् । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुर्ख्यौली घर पुगेर टीका लगाउने अवसर जुरेको थिएन ।

जन्मघरमा फुपूको हातबाट टीका लगाइसकेपछि सभामुख महराले रोल्पा नगरपालिका– १, धारापानीमा रहेको पुर्ख्यौली घर पुगेर साइँलो बुबाकी छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएको राससले जनाएको छ ।

(तस्बिरः सभामुखपुत्र राहुल महराको वालबाट)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर