newskoseli.Com

सम्साँझै जिप दुर्घटना : १ को मृत्यु, १ गम्भीर घाइते

रुकुम (पश्चिम) मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका– ३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका– १ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जनाएको छ ।

दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल लगिँदैछ ।

जिप सडकबाट करिव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गर्दा दुर्घटना भएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर