newskoseli.Com

पत्रकारमाथि छुरा प्रहार, नेकपाका कार्यकर्तामाथि आरोप !

शुक्रबार अपराह्न साढे ४ बजेतिर एउटा समूहको सांघातिक आक्रमणबाट नेपाल प्रेस युनियन रुकुम (पश्चिम) का सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल घाइते भएका छन् ।

हाल नेकपामा क्रियाशील पूर्वमाओवादी नेता–कार्यकर्ताहरुको समूहले खनाललाई छुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोप नेपाल प्रेस युनियनले विज्ञप्तिमार्फत लगाएको छ । खनालसँगै भलिबलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको जनाउँदै युनियनले युनियनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

रुकुमको बाफिकोट– ६, मग्माका स्थानीयवासी सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै गरेका उनीहरु आक्रमणमा परेको जनाइएको छ । आक्रमणमा घाइते भएकाहरुको खलङ्गामा उपचार भइरहेको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर