newskoseli.Com

गणेशमान सिंहको जन्मदिन : प्रकाशमानले ओकले देउवाविरुद्ध आगो

२०४६ को ऐतिहासिक जनआन्दोलनका कमान्डर एवं नेपाली कांग्रेसका ‘सर्वमान्य’ नेता गणेशमान सिंहको १०४औं जन्मदिनका शनिबार विविध कार्यक्रमका साथ मनाइँदैछ ।

सोही अवसरमा शनिबार बिहान गणेशमान सिंह फाउन्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा दिवंगत नेता सिंहका योगदानको चर्चा गर्दै उनको सालिकमा माल्यार्पण गरियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘गणेशमान सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो’– गणेशमानका पुत्र समेत रहेका कांग्रेस नेता प्रकाशमानले भने ।

अहिलेका पार्टी सभापति विधानअनुसार चल्न नसकेको गुनासो समेत उनले गरे । सभापति विधानभन्दा माथि हुँदा पार्टी यो अवस्थामा आइपुगेको उनले बताए । पार्टी सुधारका लागि आफू जस्तोसुकै भूमिका खेल्न तयार रहेको नेता सिंहले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला, काठमाडौं कांग्रेसका सभापति सबुज बानिया, सांसदहरु, भ्रातृसंस्थाका अध्यक्ष एवं पदाधिकारी उपस्थित भए ।

वि.सं. १९७२ कात्तिक २४ मा जन्मेका गणेशमा सिंहको २०५४ असोज २ मा निधन भएको थियो । सिंहले नेपाली राजनीतिमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरी हरेक वर्ष उनको जन्म र स्मृति दिवस मनाइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर